जाजरकोट भूकम्प : अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड रुपैयाँ स्थानीय तहको खातामा पुग्यो
काठमाडौँ । जाजरकोट भूकम्पका पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगेको छ । मन्त्रिपरिषद् र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहमा सो रकम पठाइएको हो ।
जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि १ अर्ब ४१ करोड रकम निकासा भएको र यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९, १६२ जना लाभग्राहीका लागि रु १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।
स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ ।
रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २ हजार ४२३ र सल्यानमा ४० गरी २ हजार ४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोबास गर्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम २ अर्ब ६० करोड ५० लाख रुपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाहरूबाट माग भई आएको प्राधिकरणले जानकारी दिएको छ ।
निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याका आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहहरूमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रकम उपलब्ध गराउने प्रवक्ता ध्रुव बहादुर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण