हिमालयन रिइन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला, कति दिन पाइन्छ आवेदन ?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्रीमा ल्याएको हो ।
१० अर्ब रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने बाँकी २ करोड ४९ लाख कित्ताका लागि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूसँग आवेदन माग गरेको हो ।
कूल जारी आईपीओ मध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने पुस १ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण