आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्दै, प्रथमलाई १ लाख पुरस्कार

बुधबार, २७ मङ्सिर २०८०, १२ : ११
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए । 

कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ । 

प्रगियोगितामा प्रथम हुने कविलाई रु। एक लाख नगद प्रदान गरिने राप्रपाले जनाएको छ।  राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाको खुला आह्वान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप