अपडेट
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
मङ्गलबार, २३ असार २०८३, २२ : १२
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी पेनाल्टीमा चुकेका छन्।
इजिप्टविरुद्ध १-० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले खेललाई बराबरीमा ल्याउने सुवर्ण अवसर गुमाएको हो।
खेलको २० औँ मिनेटमा निकोलस ताग्लियाफिकोलाई इजिप्टका हाइसम हसनले डिबक्सभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर, मेसीले प्रहार गरेको पेनाल्टीलाई इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले आफ्नो बायाँतर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे। यस विश्वकपमा मेसी पेनाल्टीमा चुकेको यो दोस्रो पटक हो।
यसअघि खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत सानदार गोल गर्दै इजिप्टलाई १-० को अप्रत्याशित अग्रता दिलाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण