आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’ लिएर सिड्नी पुगिन् स्वस्तिमा

बुधबार, २७ मङ्सिर २०८०, १२ : १९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ । गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ : भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ ।

उनी भने यतिबेला अस्ट्रेलियाको सिड्नी पुगेकी छन् । फिल्म ‘दिमाग खराब’ लिएर उनी त्यहाँ पुगेकी हुन् ।  अस्ट्रेलियाको विभिन्न सहरमा फिल्मको शो भइरहेको छ । त्यसमा उनी सहभागी हुने, दर्शक प्रतिक्रिया बुझ्ने गरिरहेकी छन् । उनको साथमा फिल्मका निर्देशक तथा पति निश्चल बस्नेत समेत छन् । 

अस्ट्रेलियामा आफूले इन्जोय गरिरहेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । हालै उनले सिड्नीबाट पिंक रङ्गको पहिरन लगाएर खिचाएको तस्बिर  सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी निकै खुसी र खुलेकी देख्न सकिन्छ ।

‘दिमाग खराब’ मा स्वस्तिमाको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बरालको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप