‘अवतार’मा पल र वर्षाको जोडी
काठमाडौँ । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहाराले नयाँ फिल्म ‘अवतार’ निर्माण तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत देखिने भएका छन् । निर्देशक बोहोराले फिल्मको मुख्य भूमिकामा पल र वर्षा फाइनल भएको बताए ।
‘नाइँ नभन्नू ल ४’बाट एकसाथ अभिनयमा डेब्यू गरेका पल र वर्षाको फिल्ममा यो दोस्रा सहकार्य हुन लागेको हो । यसअघि फिल्म ‘२ नम्बरी’मा सहकार्य भएको थियो । दुवैले केही प्रतिशत छायांकन समेत गरेका थिए । पल बलात्कारको आरोपमा हिरासत गएपछि फिल्मका कलाकार परिवर्तन भयो ।
‘अवतार’को छायांकन वैशाखबाट गर्ने योजना निर्देशक बोहोराको छ । निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा पल र वर्षाको अलवा विक्रम डि जोशी, सलोन बस्नेत, सुशील सिटौला र बालकलाकार एवेलिना खड्काको पनि अभिनय रहनेछ । विक्रम डि जोशी र हिरल जोशीले मिलेर फिल्म बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण