मोटरसाइकल दुर्घटनामा फिल्म निर्माता भट्ट घाइते
बुधबार, २७ मङ्सिर २०८०, २० : २०
काठमाडौँ । चलचित्र निर्माता हरि भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । मंगलबार उनको मोटरसाइकल बालाजुस्थित माछापोखरीमा दुर्घटनामा परेको हो ।
घाइते भट्टको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको कलाकार जेबी डिसीले जानकारी दिए । डिसीका अनुसार भट्टको शरिरमा सामान्य चोट लागेपनि देब्रे हात भने तीन ठाउँमा भाँचिएको छ ।
चिकित्सकले उनको हातको बुधबार अपरेसन मार्फत रड समेत राखेका छन् । भट्टको अवस्था अहिले सामान्य रहेको डिसीको भनाई छ ।
भट्ट अहिले फिल्म ‘अभेद्य’ निर्माणको तयारीमा छन् । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको केही दिन अगाडि मात्र घोषणा भएको थियो । भट्टले यस अगाडि ‘मन्दिरा’, ‘छोरीको कर्म’, ‘सहारा’, ‘घन चक्कर’ लगायतका फिल्म निर्माण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण