शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन निन्दनीय : जसपा

बुधबार, २७ मङ्सिर २०८०, २० : ५१
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा एवम् भर्त्सना गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपिट, धरपकड र दुर्व्यवहारप्रति निन्दा गरेको हो ।

आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरुमाथि कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न जसपाले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप