बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आज सम्भवसँग विवाह गर्दै शृङ्खला

बिहीबार, २८ मङ्सिर २०८०, १० : ३२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् ।

शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।

केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । जसमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए ।

गत असोजमा शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् । उनले हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप