‘काँडेतार’को इटहरीमा विशेष शो हुने
काठमाडौँ । फिल्म ‘काँडेतार’ले मोरङको इटहरीमा विशेष शो गर्ने भएको छ । निर्माण युनिटले एक पत्रकार भेटघाट गर्दै फिल्मको विशेष शोको बारेमा जानकारी दिएको हो ।
सीमा रक्षार्थ खटिएका पहरेदारको सहयोगार्थ आयोजना हुन लागेको विशेष शो इटहरीको इलाईट सिनेमा हलमा मङ्सिर ३० गते आयोजना हुने कलाकार तथा निर्देशक नवल खड्काले बताए ।
नेपाल र भारतबिचको वर्षौँदेखि उठिरहेको सीमा विवादलाई मूल मुद्दा बनाएर निर्माण भएको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्मले देशभर ६० भन्दा बढी स्थानमा विशेष र च्यारिटी शो गरिसकेको छ ।
विशेष र च्यारिटी शोमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । नेपाल चलचित्र विकास बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्साहन गर्न स्थापना भएको ‘स्टोरी बैङ्क’मा यो फिल्मले विशेष फिल्मको पुरस्कार समेत पाएको थियो ।
गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरव पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोइराला, प्रेम कार्की लगायत कलाकारको अभिनय छ ।
शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा माकिक राई र अन्जु केसी हुन् । फिल्म आउँदो फागुन २५ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण