राजनीति
भोजपुरमा एमाले अध्यक्ष केपी ओलीलाई कालो झण्डा
बिहीबार, २८ मङ्सिर २०८०, १२ : ४०
विराटनगर । भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । पहिचान पक्षधरहरूले नेकपा एमालेको सङ्कल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् ।
पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई जिल्ला सदस्य दिनेश राई , धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण