फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी
ललितपुर । फोनपेले आफ्नो सञ्चालित समितिको अध्यक्षको रूपमा सशीन जोशीलाई नियुक्त गरेको छ । जोशीले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिई पदावलीसमेत गरेका छन् ।
यस अघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध थिए । जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित थिए । करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पी एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो | फोनपेले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पी टु पी) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पी टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण