शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

बिहीबार, २८ मङ्सिर २०८०, १४ : ३२
बिहीबार, २८ मङ्सिर २०८०

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ । 

खोटाङ प्रहरीका प्रवक्ता टिका बरालले दिएको जानकारी अनुसार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई रहेका छन् । 

उनीहरुलाई बुधबार नै म्याद थप गरिएको हो । गत मंसिर २६ गते किराँतीलाई खोटाङको हलेंसीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । हालसम्म प्रहरीले ३० जना पहिचानवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै उदयपुरबाट पक्राउ परेका अन्य २ जनालाई पनि म्याद थप गरिएको प्रहरीले जनाएको छ । अन्य ५ जना भने प्रहरीले थुनामुक्त गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ परेका छन् । प्रहरीले आज बिहान मात्रै भोजपुरबाट ९ जनालाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप