शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको पाँचथर जिल्ला समिति पुनर्गठन

बिहीबार, २८ मङ्सिर २०८०, १८ : ३९
बिहीबार, २८ मङ्सिर २०८०

पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालको पाँचथर जिल्ला समिति पुनर्गठन भएको छ । फिदिममा बिहीबार आयोजित कार्यक्रमबाट लक्ष्मण लावतीको अध्यक्षतामा ५३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा भरत राई, कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे सहसचिवमा भावना ईङवा सुब्बा, कमल हाङ्सरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका सल्लाहकार सदस्य डा।महेन्द्र लावती थिए भने कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र जबेगू, मचिन्द्र बेघा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीलगायतका उपस्थित रहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप