एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारको संलग्नता छ : ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए । उनले नागरिकहरुले सरकारको संलग्नत छ भनेपनि सरकार बोल्न नसकेको बताए ।
अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक विषयमा फेरि चिप्लियो प्रहरी
-
नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह
-
६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
-
यातायात कार्यालयले उठायो ९ महिनामा ४५ करोड राजस्व
-
सङ्क्रमणकालीन न्याय : सर्ट लिस्टप्रति पीडितहरूको आपत्ति, समानान्तर आयोग गठन गर्ने चेतावनी
-
'माउन्ट एभरेस्ट' नक्कली नाम हो : प्रधानमन्त्री