शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निमावि नेपाली विषयको नतिजा सार्वजनिक

बिहीबार, २८ मङ्सिर २०८०, १८ : ५४
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् ।

त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ ।

बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।

अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप