शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

बिहीबार, २८ मङ्सिर २०८०, २० : ५५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । 

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन भनेको हो ।

साथै बाँकी रहेका पार्टी समिति र भ्रातृ संगठनलाई पार्टी विधान अनुरुप हुने गरी गठन, पुनर्गठन गर्न भनेको छ । पुनर्गठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप