ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।
विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धूम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे ।
डब्ल्यूएचओका महानिर्देशकले भने ‘डब्ल्यूएचओलाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वैच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिलेसम्म भएको छ । फिलिप मोरिस इन्टरनेशनल र ब्रिटिश अमेरिकन टोब्याको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले भ्यापको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन् । यो खतरनाक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण