आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, २९ मङ्सिर २०८०, ११ : ०५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण