आप्रवासी बोकेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
लिले । फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० जना भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।
एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर (पाँच माइल) भन्दा कम दूरीमा कठिनाइमा रहेको जानकारी फ्रान्सेली समुद्री उद्धारकर्मीलाई रातको समयमा जानकारी दिएपछि तत्काल उद्धार प्रयास थालिएको थियो ।
स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।
चालक दलले आप्रवासी डुङ्गा तैरिन मद्दत गर्ने ट्यूबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी ‘पानीमा’ हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए ।
फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन् ।
हरेक वर्ष दसौँ हजार मानिसहरूले फ्रान्सबाट सानो डुङ्गामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँदै बेलायत पुग्ने गर्छन् । च्यानलले आप्रवासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ ।
अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुङ्गा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।
गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुङ्गा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो ।
सोही च्यानलमा यात्रा गरिरहेका समय यसै वर्षको अगष्टमा सानो डुङ्गा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो ।
फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत स सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ ।
नोभेम्बरको अन्त्यसम्म चलेको बेलायती सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन् । गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण