शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको गोरखा जिल्ला समिति पुनर्गठन

शनिबार, ३० मङ्सिर २०८०, १९ : ३६
शनिबार, ३० मङ्सिर २०८०

गोरखा । जनता समाजवादी पार्टी (जसपा) नेपालको गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार जिल्लामा आयोजित कार्यक्रमबाट कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् ।  

गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले तोकेको पुस मसान्तसम्मको समयावधीमा सम्पन्न गर्ने गरी निर्देशन दिइएको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सो प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप