चिवाभञ्ज्याङमा एमालेको चहलपहल, केहीबेरमा ओलीले झण्डोतोलन गर्ने (तस्बिरहरू)
काठमाडौँ । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको सम्मृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर औपचारिक रुपमा समापन हुँदैछ । आइतबार बिहान अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय नेताहरूको टोली पाँचथर सदरमुकाम फिदिमबाट चिवाभञ्ज्याङतर्फ लागिसकेको छ ।
अध्यक्ष ओली पुग्नु अघि नै नेकपा एमालेका नेता कायकर्ता चिवाभञ्ज्याङमा पुगिसकेका छन् । एमाले नेता कार्यकर्ता चिवाभञ्ज्याङ पुगेपछि त्यहाँको चहलपल बढेको छ । ‘एमालेका नेता कायकर्ताहरू बिहानैबाट चिवाभञ्ज्याङ आइसक्नुभएको छ । केही समयपछि अध्यक्ष आइपुग्नुहुन्छ’, चिवाभञ्ज्याङ पुगेका एमाले सचिव गोकर्ण विष्टले भने, ‘अध्यक्ष आएपछि झन्डोत्तोलन गरेर सम्बोधन गरेपछि कार्यक्रम समापन हुन्छ ।’
_MAXTiWxe70.jpg)
सचिव विष्टले यात्राले मध्य पहाडमा बसोबास गरिरहेका साधारण जनताका समस्या बुझ्न सहयोग गरेको बताए । ‘खासगरी पहाडबाट तराईमा बसोबास गर्न सर्ने क्रम तिव्र छ । यसलाई रोक्न मध्य पहाडको विकासमा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरामा अनुभव दिलाएको छ’, विष्टले भने, ‘यसका साथसाथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने, जनताका गुनासा सुनेर सम्बोधन गर्दै देश र जनतालाई समृद्ध बनाउने काममा सहयोग गरेको छ ।’
उनले नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको सम्पूर्ण टोली यात्रामा हिँडेकाले मध्य पहाडको विकासका सन्दर्भमा धेरै कुरामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यात्राले सबै जनतामा देशको माया र देशको एकतालाई बलियो बनाउने भावना जगाएको विष्टले जानकारी दिए ।
_uioIgywZLr.jpg)
मङ्सिर १४ गते बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर यात्राको शुभारम्भ गरेका थिए । मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित एमालेको यो अभियान अन्तर्गत झन्डै ३० जिल्लाका जनतामाझ भेटघाट र जनसंवाद गरेको सो पार्टीका नेताहरूले जनाएका छन् ।
महासचिव शङ्कर पोखरेलले यात्राको समापन आइतबार हुने भए पनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहने बताए ।
_szNoroDl9H.jpg)
_9hhuxa5mQL.jpg)
_FpQIdy18k9.jpg)
_Ep2qtPIr8c.jpg)
_VfvLz06oNh.jpg)
_8xAbnawQNN.jpg)
_qdRfEUh6IA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण