शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा

चिवाभञ्ज्याङमा एमालेको चहलपहल, केहीबेरमा ओलीले झण्डोतोलन गर्ने (तस्बिरहरू)

आइतबार, ०१ पुस २०८०, ११ : ११
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको सम्मृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर औपचारिक रुपमा समापन हुँदैछ । आइतबार बिहान अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय नेताहरूको टोली पाँचथर सदरमुकाम फिदिमबाट चिवाभञ्ज्याङतर्फ लागिसकेको छ ।

अध्यक्ष ओली पुग्नु अघि नै नेकपा एमालेका नेता कायकर्ता चिवाभञ्ज्याङमा पुगिसकेका छन् । एमाले नेता कार्यकर्ता चिवाभञ्ज्याङ पुगेपछि त्यहाँको चहलपल बढेको छ । ‘एमालेका नेता कायकर्ताहरू बिहानैबाट चिवाभञ्ज्याङ आइसक्नुभएको छ । केही समयपछि अध्यक्ष आइपुग्नुहुन्छ’, चिवाभञ्ज्याङ पुगेका एमाले सचिव गोकर्ण विष्टले भने, ‘अध्यक्ष आएपछि झन्डोत्तोलन गरेर सम्बोधन गरेपछि कार्यक्रम समापन हुन्छ ।’

uml-chiwabhanjyang-programe (2)

सचिव विष्टले यात्राले मध्य पहाडमा बसोबास गरिरहेका साधारण जनताका समस्या बुझ्न सहयोग गरेको बताए । ‘खासगरी पहाडबाट तराईमा बसोबास गर्न सर्ने क्रम तिव्र छ । यसलाई रोक्न मध्य पहाडको विकासमा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरामा अनुभव दिलाएको छ’, विष्टले भने, ‘यसका साथसाथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने, जनताका गुनासा सुनेर सम्बोधन गर्दै देश र जनतालाई समृद्ध बनाउने काममा सहयोग गरेको छ ।’

उनले नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको सम्पूर्ण टोली यात्रामा हिँडेकाले मध्य पहाडको विकासका सन्दर्भमा धेरै कुरामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यात्राले सबै जनतामा देशको माया र देशको एकतालाई बलियो बनाउने भावना जगाएको विष्टले जानकारी दिए ।

uml-chiwabhanjyang-programe (1)

मङ्सिर १४ गते बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर यात्राको शुभारम्भ गरेका थिए । मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित एमालेको यो अभियान अन्तर्गत झन्डै ३० जिल्लाका जनतामाझ भेटघाट र जनसंवाद गरेको सो पार्टीका नेताहरूले जनाएका छन् ।

महासचिव शङ्कर पोखरेलले यात्राको समापन आइतबार हुने भए पनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहने बताए । 

chiwa-bhanjyang-uml (3)chiwa-bhanjyang-uml (4)chiwa-bhanjyang-uml (5)

chiwa-bhanjyang-uml (7)chiwa-bhanjyang-uml (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप