कवि पोखरेलका १५ कृति एकसाथ विमोचन
काठमाडौँ । साहित्यकार जगदीश्वर पोखरेलका १५ साहित्यिक कृति एकसाथ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्राडा माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर संयुक्त रूपमा ती कृतिको एकसाथ विमोचन गरेका हुन् । विमोचित सबै काव्यकृति हुन् ।
एकसाथ विमोचन गरिएका पोखरेलका १५ वटा काव्य कृतिमा शार्दूललालित्य, शब्दांश, शब्दतरङ्ग, शब्दस्पर्श, अक्षराङ्कुर, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जली र पाउँदीका गीत रहेका छन् । ढेड दशकयता तयारी गरिएको फरक फरक छन्द कविताहरू यी कृतिमा समावेश छन् ।
यस अघि तीनवटा कविता सङ्ग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवं गीति पुस्तक लोकार्पण गरे हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्राडा माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कविता सङ्ग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ति नै ल्याएको बताए ।
साहित्यकार बलराम दाहालले विमोचन समारोहमा कवि पोखरेलको बारेमा प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अवकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको बताए ।
उक्त समारोहमा कृतिहरूको बारे प्राज्ञ नरनाथ लुइटेल, प्राडा जीवन अधिकारी, हरि खनाल र पुरुषोत्तम सिग्देलले समीक्षा गर्दै हरेक कृतिको विशेषताबारे चर्चा गरेका थिए ।
कवि भुवनहरि सिग्देलले जगदीश्वरका हरेक कविता राम्रा भएको बताए । उनको हुलाक सेवाको जागिरदेखि पस्मिनाको तानबुनासम्मको सिग्देलले चर्चा गरे ।
कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरलले डेढ दशकभन्दा लामो अथक प्रयासपछि यी फरक १५ वटा काव्यकृति तयार भएको बताए । यी कृतिका कविता १९३ प्रकारका छन्दमा सृजना गरिएको समेत जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण