नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन् । उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताएका छन् ।
रुससँग एक हजार तीन सय ४० किलोमिटर (आठ सय ३० माइल) सीमा साझा गर्ने फिनल्यान्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाका बिच नाटोमा सामेल भएको थियो । “उनीहरू (पश्चिम) ले फिनल्यान्डलाई नाटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? बिसौँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्”, पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भने, “त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ किनकि हामी लेनिनग्राड सैन्य जिल्ला बनाउने छौँ र त्यहाँ निश्चित सङ्ख्यामा सैन्य एकाइहरू केन्द्रित गर्नेछौँ ।”
फिनल्यान्डले रुसमाथि आप्रवासी सङ्कट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको यस्तो टिप्पणी आएको हो । मस्कोले हेलसिन्की नाटोमा सामेल भएकामा जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।
रुससँग नाटो मुलुकहरूसँग युद्ध गर्नुपर्ने कुनै कारण नभएको पुटिनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिएका थिए । “रुसबारे गलत नीतिलाई औचित्य साबित गर्न यो बयानबाजी हो”, पुटिनले भने । मस्कोलाई नाटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उनले बताए । क्रेमलिनको युक्रेन अभियानले नाटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण