जसपासम्बद्ध समाजवादी किसान महासंघको राष्ट्रिय भेला हुँदै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ केन्द्रीय समितिको राष्ट्रिय भेला हुने भएको छ । चितवनको सौराहामा पुस २ गतेदेखि सुरु हुने राष्ट्रिय भेलाको उद्घाटन संघीय सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले गर्ने कार्यक्रम रहेको छ ।
उक्त भेलामा महासंघको प्रत्येक प्रदेश समितिबाट अध्यक्ष सचिव र एक महिलासहित तीन जना, राष्ट्रिय समितिको अध्यक्ष गठन भएका प्रत्येक जिल्ला समितिबाट अध्यक्ष सचिव र एक महिला गरी ३ जना प्रतिनिधि आउने गरी व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।
त्यस्तै सल्लाहकार समितिका पाँच र भूमि आयोगका ३३ जना प्रतिनिधिसहित राष्ट्रिय भेलामा १५२ जना प्रतिनिधि सहभागी रहने बताइएको छ ।
उद्घाटनको सत्रको दिन सांगठनिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत हुने र दोस्रो दिन संगठनको विधानमा आवश्यक छलफल र संशोधन हुनेछ । राष्ट्रिय भेलाले समाजवादी किसान महासंघको केन्द्रीय समिति पुनर्गठन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण