अर्शदीप र अभेषको घातक बलिङसामु निरीह बन्यो दक्षिण अफ्रिका
जोहानेसवर्ग । अर्शदीप सिंह र अभेष खानको घातक बलिङसामु दक्षिण अफ्रिका निरीह बनेको छ । भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली ८ विकेटले पराजित भएको हो ।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पाली ध्वस्त पार्न सिंहले १० ओभरमा मात्र ३७ रन खर्चेर ५ विकेट लिए । उनलाई ८ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका खानले राम्रो साथ दिए । कुलदीप यादवले थप विकेट लिएपछि दक्षिण अफ्रिका मात्र २७.३ ओभरमा ११६ रनमा अलआउट बन्यो ।
दक्षिण अफ्रिकाका लागि एन्डिले फेलुकवायोले सर्वाधिक ३३ रन बनाए । त्यस्तै टोनी डी जोर्जीले २८ तथा कप्तान एडन मारक्रमले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जीतका लागि ११७ रनको लक्ष्य पाएको भारतले १६.४ ओभरमा मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । भारतका लागि साई सुदर्शनले नटआउट रहँदै ४३ बलमा ५५ रन बनाए । श्रेयस ऐयरले आउट हुन अघि ५२ रन बनाए । अब दोस्रो एकदिवसीय खेल मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण