सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाहको गुनासो– काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानुन दिएन

सोमबार, ०२ पुस २०८०, १२ : २६
सोमबार, ०२ पुस २०८०

ललितपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डको अगाडि प्रमुख शाहले उक्त गुनासो गरेका हुन् ।

उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु ।  प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन् । कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले  हेर्नुपर्ने हुन्छ । उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौँ । हामी त्यसका सदस्य छौँ ।  तर केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ । यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ’, उनले गुनासो पोखे ।  

संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको उनले बताए । 

‘स्थानीय सरकारले गरेको काम रोक्ने हो भने तपाईँहरूले गरे भइगो नि । हामी चुप लागेर बस्छौँ । कसैले काम गर्नु भनेको अरूको अधिकार खोस्नु होइन’, आक्रोश पोख्दै उनले भने, ‘फोहर व्यवस्थापन संघले गरेको भए हामीले किन गर्नुपर्थ्यो ? हामी चुप लागेर बस्थ्यौँ । त्यसैले अधिकार भन्दा पनि कर्तव्य हो । तीनै तहका सरकार मिलेर काम गरौँ ।’

यस्तै काठमाडौँ उपत्यकालाई सफा र विकसित गर्न सबै स्थानीय तहबिच सहकार्य आवश्यक भएको उनले भनाइ राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप