बालेन शाहको गुनासो– काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानुन दिएन
ललितपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डको अगाडि प्रमुख शाहले उक्त गुनासो गरेका हुन् ।
उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।
‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन् । कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले हेर्नुपर्ने हुन्छ । उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौँ । हामी त्यसका सदस्य छौँ । तर केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ । यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ’, उनले गुनासो पोखे ।
संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको उनले बताए ।
‘स्थानीय सरकारले गरेको काम रोक्ने हो भने तपाईँहरूले गरे भइगो नि । हामी चुप लागेर बस्छौँ । कसैले काम गर्नु भनेको अरूको अधिकार खोस्नु होइन’, आक्रोश पोख्दै उनले भने, ‘फोहर व्यवस्थापन संघले गरेको भए हामीले किन गर्नुपर्थ्यो ? हामी चुप लागेर बस्थ्यौँ । त्यसैले अधिकार भन्दा पनि कर्तव्य हो । तीनै तहका सरकार मिलेर काम गरौँ ।’
यस्तै काठमाडौँ उपत्यकालाई सफा र विकसित गर्न सबै स्थानीय तहबिच सहकार्य आवश्यक भएको उनले भनाइ राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण