७ सय ५० स्थानीय तहमा पुग्यो स्वास्थ्य बीमा
काठमाडौँ । ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रममा लागूभएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा बीमा कार्यक्रम लागू हुन बाँकी छ । उनका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागू भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्थानीय तहमा पहिलो सेवा बिन्दु हुनुपर्ने उल्लेख छ । काठमाडौँ जिल्लामा पर्ने एक महानगरपालिका र दुई नगरपालिकामा पहिलो सेवा बिन्दु नभएकाले सेवा लागू हुन नसकेको कँडेलले बताइन् ।
वि.सं २०७२ साल २५ चैतमा कैलालीबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक लाख रुपियाँसम्मको उपचार सुविधा पाइने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण