मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कामविहीन बने एनिमल अभिनेता कर्णिक

सोमबार, ०२ पुस २०८०, १८ : २९
सोमबार, ०२ पुस २०८०

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ले राम्रो व्यवसाय गरिरहेको छ । वल्र्डवाइड बक्स अफिसमा ८ अर्ब भारु क्लबमा प्रवेश गरेको यो फिल्मले अझै व्यवसाय गर्ने अनुमान छ ।

तर यस फिल्ममा रणवीरको भिनाजु (जीजा)को भूमिका निर्वाह गर्ने अभिनेता सिद्धान्त कर्णिक भने बेरोजगार बनेका छन् । उनले आफ्नो साथमा कुनैपनि काम नरहेको खुलासा गरेका हुन् । आफू अहिले कामको खोजीमा रहेको समेत उनले बताएका छन् । एनिमलको सफलताले आफूलाई छिट्टै काम मिल्ने उनको विश्वास छ ।

हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अभिनेता भएको हिसाबले हामी आफ्नो कमजोरी लुकाउने गल्ती गर्छाै । फिल्म उद्योगमा सफलता र ग्ल्यामरको बारेमा मात्र कुरा गरिन्छ । दर्शकले सबै थाहा पाउनुपर्छ । त्यसैले म इमान्दार र ट्रान्सफरेन्स हुन चाहन्छु । म २० वर्षदेखि फिल्म उद्योगमा छु । अबको १० वर्ष राम्रो काम मिल्ने आस छ । अहिले भने मेरो साथमा केही प्रोजेट छैन ।’

कर्णिक ‘एनिमल’ अगाडि ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’मा देखिएका थिए । फिल्ममा उनी ’विभीषण’को भूमिकामा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप