जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष थापा
काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेको बताएका छन् ।
सोमबार पाँचथरको फिदिममा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेका बताएका हुन् । उनले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए । उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताए ।
उपाध्यक्ष थापाले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गरे । त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाई छ । उनले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भूमिका खेलेको बताए । नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उनको भनाई छ । उनले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भूमिका खेलेको बताए ।
उपाध्यक्ष थापाले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण