देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता
फिक्कल । एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ ।
देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।
देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले रु पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि रु २८ लाख विनियोजन गरेको छ ।
एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए । “सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौँ”, नगरप्रमुख पोख्रेलले भने, “यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरै भए पनि सहयोग मिलेको छ ।”
अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता
त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक रु एक हजार र तेस्रोलिङ्गीलाई मासिक रु पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।
चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण