एउटै फिल्ममा देखिँदै सनी देओल र सलमान खान
मुम्बई । फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा केमियो भूमिका रहनेछ ।
रिपोटका अनुसार फिल्मको सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल्म हुनेछ । सनी देओल र एक बालकलाकारको फरक फरक कठिन यात्राको कथामा फिल्म बन्न लागेको हो ।
सनीको इच्छा फिल्ममा सलमानको केमियो भूमिका होस् भन्ने थियो । सलमान पनि फिल्म अभिनयका लागि तयार छन् । रिपोटका अनुसार सलमान खान जनवरी २०२४ मा फिल्म ‘सफर’को सुटिङ गर्नेछन् । उनको सुटिङ सेडुल एक दिनको हुनेछ । फिल्ममा सलमान रियललाइफका सुपरस्टार सलमान खान भएर देखिनेछन् ।
सलमान र सनी एकदमै राम्रो साथी पनि हुन् । केही अगाडि सनीको छोरा करणको विवाहमा सलमान पुगेका थिए । सो समय उनले ‘गदर २’को पनि तारिफ समेत गरेका थिए । सनीले पनि फिल्मको प्रोसनका लागि सलमान खानको बिगबोसमा पुगेका थिए ।
यस अगाडि सनी र सलमानले फिल्म ‘जीत’मा एकसाथ काम गरेका थिए । फिल्म ‘सफर’ २०२४ मै रिलिज हुनेछ । यसको अलवा सनी फिल्म लाहौर १९४७ मा पनि देखिनेछन् । केही दिन अगाडि सनीले सुपरहिट फिल्म बोडरको सिक्वेलमा पनि काम गर्ने चर्चा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा एमालेको बटमलाइन– सकेसम्म यही गठबन्धन जोगाउने, सम्भव नदेखिएमात्र विकल्प खोज्ने
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण