एप्पलले अमेरिकामा केही वाचको बिक्री रोक्दै

वाशिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अमेरिकामा केही एप्पल वाचको विक्री रोक्ने भएको छ । कम्पनीले छिटोमा यही हप्तादेखि एप्पल वाचको केही संस्करणको विक्री रोक्ने छ । कम्पनीले बिहिबारदेखि एप्पल डट कममा एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ को विक्री बन्दै गर्नेछ । खुद्रा पसलहरुमा भने डिसेम्बर २४ देखि विक्री रोकिनेछ ।
मेडिकल उपकरण निर्माता कम्पनी मासिमोसँग ब्लड अक्सिजन फिचरसम्बन्धी जारी विवादका कारण कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय घडीको विक्री बन्द गर्न लागेको हो । एप्पलले आफ्नो स्मार्ट–वाचलाई जीवन बचाउने उपकरणको रूपमा मार्केटिङ गर्दै आएको थियो । एप्पल वाच विश्वभर विक्री हुने घडीमा सबैभन्दा चर्चित घडी हुन् । तर मासिमोसँगको विवादका कारण घडीको विक्री प्रभावित हुने देखिएको छ ।
अक्टोबरमा अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोगले एप्पलले मासिमोको पल्स अक्सिमिटर प्याटेन्ट उल्लङ्घन गरेको ठहर गरेको थियो । प्रतिबन्ध प्रभावकारी हुनु अघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग यो फैसलाको समीक्षा गर्न ६० दिनको समय छ । समीक्षा अवधि डिसेम्बर २५ अघि सकिने छैन । सो फैसलाप्रति एप्पलले विमति जनाइरहेको छ । उपभोक्ताहरुलाई एप्पल वाच बेच्न कम्पनीले कानुनी र प्राविधिक विकल्पहरू खोजिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता