शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

१ वर्षभित्र शिक्षक पद रिक्त भएमा वैकल्पिकलाई नियुक्ति दिनुपर्ने

मङ्गलबार, ०३ पुस २०८०, १९ : ३१
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने बताएको हो ।

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग राय मागेको थियो । जवाफमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जनाएको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले राय मागेको थियो । जवाफमा नियमावली २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम ३ अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन निर्देशन दिएको हो ।

नियमावलीको नियम २५ को उपनियम ३ मा आयोगले सिफारिस गरेको एक वर्ष नाघेपछि कुनै पनि वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने छैन भन्ने उल्लेख छ । सोही आधारमा एक वर्षभित्र रिक्त रहेको खण्डमा वैकल्पिकलाई नियुक्ति दिन निर्देशन दिएको हो । 

411024233_335497035944330_7626141570761018560_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप