१ वर्षभित्र शिक्षक पद रिक्त भएमा वैकल्पिकलाई नियुक्ति दिनुपर्ने
काठमाडौँ । शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने बताएको हो ।
एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग राय मागेको थियो । जवाफमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जनाएको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले राय मागेको थियो । जवाफमा नियमावली २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम ३ अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन निर्देशन दिएको हो ।
नियमावलीको नियम २५ को उपनियम ३ मा आयोगले सिफारिस गरेको एक वर्ष नाघेपछि कुनै पनि वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने छैन भन्ने उल्लेख छ । सोही आधारमा एक वर्षभित्र रिक्त रहेको खण्डमा वैकल्पिकलाई नियुक्ति दिन निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण