द्रुत मार्गको काम ढिलो हुँदा सेनाको भूमिकामाथि प्रश्न उठ्यो : बुद्धिमान तामाङ
बुधबार, ०४ पुस २०८०, १२ : ४४
काठमाडौँ । सांसद बुद्धिमान तामाङले द्रुत मार्गको काममा विलम्ब हुँदा सेनाको भूमिकामाथि प्रश्न उठेको बताएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले सेनाले गरेको काम राम्रो हुन्छ भन्ने मान्यतामा पनि प्रश्न उठ्न थालेको आरोप लगाए ।
द्रुत मार्ग निर्माणका लागि तोकिएको समय सकिए पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै उनले यही हिसाबले निर्माण कार्यमा ढिलाइ हुने हो भने आयोजना सम्पन्न हुन १० वर्ष लाग्ने उनको भनाइ थियो ।
देशको विकास बजेट जति यही आयोजनामा खर्च हुने अवस्था आएको भन्दै उनले निर्माण सामग्रीको खरिद प्रक्रिया पनि पारदर्शी हुन नसकेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण