समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ ।
कार्यसम्पादन समितिको सदस्यहरुमा गीता यादव, श्रीप्रसाद भगत, ओमकृष्ण श्रेष्ठ, तबरेज अहमद, उमेश्वर झा, ललिताकुमारी महतो, श्रवण यादव माथे, चिरिञ्जीवी ढकाल, श्याममाया राई, रुपेशकुमार कठरिया, रामकुमारी महर्जन, भारतीकुमारी शाह, शैलेन्द्र यादव र सोमबहादुर लामा रहेका छन् ।
राष्ट्रिय भेलाले संगठन विधानमा आवश्यक छलफल, संशोधन गर्नुका साथै संगठनको प्रगती विवरण समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेको थियो । राष्ट्रिय भेलाको प्रमुख अतिथि संघीय सरकारका बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण