शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति

बुधबार, ०४ पुस २०८०, १२ : ४८
बुधबार, ०४ पुस २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ ।

कार्यसम्पादन समितिको सदस्यहरुमा गीता यादव, श्रीप्रसाद भगत, ओमकृष्ण श्रेष्ठ, तबरेज अहमद, उमेश्वर झा, ललिताकुमारी महतो, श्रवण यादव माथे, चिरिञ्जीवी ढकाल, श्याममाया राई, रुपेशकुमार कठरिया, रामकुमारी महर्जन, भारतीकुमारी शाह, शैलेन्द्र यादव र सोमबहादुर लामा रहेका छन् ।
राष्ट्रिय भेलाले संगठन विधानमा आवश्यक छलफल, संशोधन गर्नुका साथै संगठनको प्रगती विवरण समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेको थियो । राष्ट्रिय भेलाको प्रमुख अतिथि संघीय सरकारका बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप