विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । सप्तरी, रुपनी गाउँपालिका–४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीय पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो ।
त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका–१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, गोरखा नगरपालिका–३ रोजिटार बस्ने ५७ वर्षीय तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यता उदयपुर, कटारी नगरपालिका–१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका–९ बाँके गाउँ घर भएका ५१ वर्षीय अशोक कुमार कुहार सोही उपमहानगरपालिका–१३ स्थित साथीको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण