‘मेयर’ बन्दै अभिनेता खगेन्द्र
बुधबार, ०४ पुस २०८०, १४ : २९
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा मेयर बन्न लागेका हुन् । निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा उनी मेयर भूमिका रहनेछ ।
‘मेयर’ दिपेन्द्रले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म बन्न लागेको हो । फिल्मका लागि अहिले खगेन्द्र फाइनल भएको र अन्य कलाकार छनौटको क्रममा रहेको निर्देशक खनालले बताए ।
फिल्मको छायांकन माघको पहिलो साताबाट हुनेछ । सर्लाहीमै छायांकन हुने फिल्ममा यसअघि कलाकारको रुपमा प्रकाश घिमिरे फाइनल भएका थिए ।
‘मेयर’पछि निर्देशक खनाल ‘आमा’को दोस्रो शृङ्खला निर्माणमा जुट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण