प्रभासलाई लिएर स्पिरिट बनाउँदै एनिमलका निर्देशक संदीप
हैदरावाद । एनिमल विश्वभरमा सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । रिलिजदेखि नै फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।
फिल्मको भव्य सफलतापछि एनिमलका निर्देशक संदीप रेड्डी वांगा आफ्नो नयाँ प्रोजेक्ट स्पिरिटको तयारीमा जुटेका छन् । यो फिल्म एनिमलभन्दा पनि निकै भव्य हुने बताइएको छ । यो कुरा अरू कसैले नभएर एनिमलका प्रोडक्शन डिजाइनर सुरेश सेलवाराजनले भनेका हुन् ।
हालै एउटा अन्तरवार्ताको क्रममा सुरेशले संदीपसँगको आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरेका थिए । प्रभासको मुख्य भूमिका रहने स्पिरिट एनिमलभन्दा निकै ठूलो परियोजना हुने सुरेशको भनाई थियो । एनिमलमा सुरेश र संदीपले पहिलो पटक सँगै काम गरेका थिए । यो फिल्ममा सुरेशको कामको खुब तारिफ भइरहेको छ । अब दुबै जना फेरि स्पिरिटमा सँगै काम गर्दैछन् ।
संदीपले सामाजिक सञ्जालमा फिल्मको घोषणा गर्दै एउटा पोष्ट शेयर गरेका थिए । प्रभासको बाँकी फिल्म झैँ यो फिल्म दुई भाषामा नहुने, बरु तेलुगु प्यान इन्डियन फिल्म हुने बताइएको छ । फिल्म भ्वाएलेन्ट कप एक्शन थ्रिलर हुनेछ । फिल्मको सुटिङ आगामी वर्ष सेप्टेम्बरमा हुनेछ । फिल्मको प्रि–प्रडक्शनको काम भने सुरु भइसकेको छ ।
संदीपको तीन फिल्म छन् लाइनमा
स्पिरिट बाहेक संदीपले अरू दुई वटा फिल्म बनाउँदैछन् । एउटा फिल्म एनिमलकै सिक्वेल एनिमल पार्क हुनेछ भने अर्को फिल्म चाँहि अल्लु अर्जुनको फिल्म हुनेछ । यी सबै फिल्म टी–सीरीजको ब्यानरमा बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण