झापामा हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु
बुधबार, ०४ पुस २०८०, १६ : २९
झापा । जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन भएका थिए । घर नफर्किएपछि परिवारका सदस्यहरुले उनको खोजी गर्दा घर नजिकैको नालामा मृत फेला परेका थिए ।
जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ । गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण