केन्द्रीय समिति बैठकमै नेकपाका नेताहरूले सरकारविरूद्ध लगाए नारा (भिडियोसहित)
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जारी केन्द्रीय समिति बैठकमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिने नीति अघि सारेको छ ।
सोमबारदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थिति शिवगढीमा बसेको बैठकले प्रतिरोध गर्ने कार्यनीति पारित गर्दै सहमति कार्यान्वयन गर्न सरकारविरूद्ध केन्द्रीय सदस्यहरूले नारा लगाएका थिए ।
महासचिव विप्लवको नेतृत्वमा लगाइएको नारामा तत्काल तीन बुँदे सहमति लागु गर, पक्राउ पुर्जी खारेज गर, राज्य षड्ययन्त्रको भण्डाफोर गरौँ जस्ता नारा लगाएका थिए । मंसिर १८ गते विप्लवसहित शीर्ष नेताविरूद्ध जिल्ला अदालत काठमाडौँले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जीविरुद्ध चरणबद्ध आन्दोलन गरेको नेकपाले प्रधानमन्त्रीसहित समाजवादी मोर्चाका नेताहरूलाई भेटेर सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण