झापामा हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु
झापा । एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
\कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । आज बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ ।
बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उहाँलाई हात्तीले कुल्चेर मारेको हो । यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका– ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए ।
त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् ।
डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण