राजदूत सुवेदीको फूल कि काँडा गीत सार्वजनिक

लन्डन । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।
साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।
सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत सङ्गीतको क्षेत्रलाई निकै मलजल गरेका थिए ।
सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । त्यसो त उनको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन्, जुन उनको आफ्नै कृति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह