उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलेपछि...
बिहीबार, ०५ पुस २०८०, १० : २८

पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् । बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेका हुन् ।
ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।
विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको जानकारी दिइन् । 'म जाँदैछु । जहाज पार्किङ गरिएको छ,' उनले भनिन्, 'बिस्तृतमा बुझेर खवर गर्छौ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु