इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा प्रनिश अधिकारीले जिते एक लाखको शपिङ भौचर
काठमाडौँ । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ भौचर जित्न सफल भएका छन्।
यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै उक्त शपिङ भौचर हस्तान्तरण गरिएको छ ।
इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिश अधिकारीलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे। विजेता प्रनिश अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थिए। शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण