मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ (तस्बिरहरु)

बिहीबार, ०५ पुस २०८०, २१ : ००
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । बिहीबार  मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जनाएकाे छ । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहामगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट, वुद्ध रिसाल रहेका छन् । 

पक्राउ परेकाहरुलाई नगर प्रहरी (नेपाल पुलिस क्लब) भृकुटीमण्डपमा राखिएको समाजले जानकारी दिएको छ । मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

shanti-samaj (1)shanti-samaj (2)shanti-samaj (3)shanti-samaj (4)shanti-samaj (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप