माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ (तस्बिरहरु)
काठमाडौँ । प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जनाएकाे छ । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहामगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट, वुद्ध रिसाल रहेका छन् ।
पक्राउ परेकाहरुलाई नगर प्रहरी (नेपाल पुलिस क्लब) भृकुटीमण्डपमा राखिएको समाजले जानकारी दिएको छ । मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
_iA7MHbype6.jpg)
_lZJtxKSdCn.jpg)
_Bwdmhi5f6j.jpg)
_hSOsQLoSb5.jpg)
_xGKmTEHl8k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण