लेवान्डोस्कीको कीर्तिमानमाथि केनको आँखा
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन बुन्डेस लिगाको पहिलो सिजनमा नै रोबर्ट लेवान्डोस्कीले बनाएको गोलको कीर्तिमान भङ्ग गर्ने दिशामा अघि बढेका छन् ।
बिहीबार वुल्फ्सबर्गलाई २–१ गोलले हराउने क्रममा गोल गर्दै केनले यो सिजन लिगमा आफ्नो गोल सङ्ख्या २१ पुर्याएका हुन् ।
केनले थोमस मुलरको पासमा ४३ औँ मिनेटमा गोल गरेका थिए । लिगमा उनको यो मात्र १५ औँ खेल थियो । यो सिजन प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सबाट बायर्न पुगेका केनले सबै प्रतियोगितामा क्लबका लागि २२ खेलमा २५ गोल गर्नुका साथै ८ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।
लिगका सुरुवाती १५ खेलमा २१ गोल गर्ने उनी पहिलो खेलाडी पनि हुन् । सन् २०२०–२१ मा लेवान्डोस्कीले एकै सिजनमा लिगमा सर्वाधिक ४१ गोलको कीर्तिमान बनाउँदा १५ खेलमा २० गोल गरेका थिए ।
सन् २०२३ मा टोटनह्याम र बायर्न गरी उनले ३८ लिग गोल गरेका छन् । युरोपका शीर्ष ५ लिगमा उनी किलियान एम्बाप्पेभन्दा ४ गोलले अघि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण