संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

जनकपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटनमा कांग्रेस उपसभापति समेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए ।
‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने ।
नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । यस्तै उनले नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको बताए । ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसदमा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ,’ उनले भने ।
उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ । हिउँदे अधिवेशनबाट कानुन बनाउँछौँ । केही महत्त्व पूर्ण कानुन अध्यादेशबाट ल्याइने उनको भनाइ छ ।
यस्तै पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभई व्यवहारमा हुनुपर्ने उपसभापति खड्काले बताए । ‘अब सभापतिको कुरा केही छैन । दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ । हामीहरू समस्याको पहिचान गरी छलफलमा बस्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नख्खु खोला किनारमा मनसुनको पिर, तस्बिरहरू
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?