फिफा विश्वकप २०२६
अल्जेरियाविरुद्धको पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
शुक्रबार, १९ असार २०८३, ०९ : ३४
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
- खेलको १०औँ मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए।
- पहिलो हाफमा अल्जेरियाले बराबरी गोल गर्न सकेन।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले पहिलो हाफ सकिँदा अल्जेरियाविरुद्ध १–० को अग्रता बनाएको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको १०औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।

सुरुआती गोलपछि स्विट्जरल्यान्डले खेलमा नियन्त्रण कायम राख्ने प्रयास गर्यो भने अल्जेरियाले बराबरी गोलका लागि केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा सफल हुन सकेन।

अब दोस्रो हाफमा अल्जेरिया पुनरागमनको लक्ष्यसहित मैदान उत्रिनेछ भने स्विट्जरल्यान्ड अग्रता जोगाउँदै अन्तिम १६ नजिक पुग्ने प्रयासमा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल र कलेजका दर्शक पकाउँदै ‘हली’ युनिट
-
मादी नदीमा बन्दैछ ‘आर्क डिजाइन’ को पुल, तस्बिरहरू
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
-
केप भर्डेका प्रशिक्षकको चेतावनी–हामी अर्जेन्टिनालाई ‘घायल’ बनाउन सक्छौँ
-
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण