प्रधानमन्त्री प्रचण्ड विराटनगरमा
बिहीबार, ०५ पुस २०८०, १८ : ३३
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विराटनगर आइपुगेका छन् । प्रचण्ड बिहीबार विराटनगर–१ मा रहेको कान्छी छोरी गंगा दाहालको घरमा बस्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले भोलि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने, दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्ने र विराटनगरमा शुक्रबारदेखि सुरु हुने विराट एक्स्पोको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ ।
आर्थिक सिथिलतालाई चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेला आयोजना हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमासुरु हुने ‘टे«ड एक्स्पो–२०२३’ मेला १६ गतेसम्म चल्ने छ । एक्स्पोमा स्वदेश र विदेशका समेत गरी कुल २४० वटा स्टल रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण